कम्पनीले आफ्नो उद्देश्य पूर्तिका लागि देहाय बमोजिमका कामहरु गर्ने छ
कम्पनीले आफ्नो चल अचल सम्पत्ति धितो राखी वा अन्य सुरक्षण वा जमानतमा कर्जा लिने ।
कम्पनीको जायजेथाको उचित प्रबन्ध गर्ने, खरिद बिक्री गर्ने वा वहालमा लिने दिने ।
कम्पनीलाई आवश्यक पर्ने माल सामान, मेसिन तथा औजार, उपकरण खरिद गर्ने ।
कम्पनीको लागि सवारी साधन खरिद गर्ने वा भाडामा लिने ।
कम्पनीको लागि सल्लाहकार, पदाधिकारी, विशेषज्ञ, परामर्शदाता, लेखापरिक्षक, कानूनी सल्लाहकार नियुक्ती गर्ने (उनीहरुको पारिश्रमिक सुविधा एवं सेवा शर्तहरुको निर्धारण गर्ने ।
कम्पनीको उद्देश्य प्राप्तीको निमित्त आवश्यक देखिएमा सहायक कम्पनी स्थापना गर्ने ।
कम्पनी संचालनको लागि आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने र कर्मचारीको नियुक्ती, सरुवा, बढुवा, तलब भत्ता, सुविधा एवं विभागीय कारवाही सम्बन्धी सेवा शर्त बारे नियम तर्जुमा गरी लागु गर्ने ।
कम्पनीको तर्फबाट मुद्दा मामीला गर्ने, प्रतिरक्षा गर्ने, मिलापत्र गर्ने र कम्पनीको कर्जा असूल उपरको लागि दावी गर्ने ।
कम्पनीको तर्फबाट मुद्दा मामिला गर्ने, प्रतिरक्षा गर्ने, मिलापत्र गर्ने र कम्पनीको कर्जा असूल उपरको लागि दावी गर्ने ।
कम्पनीको काम कारोवार सुब्यवस्थित तरिकाले संचालन गर्न कुनै संस्था, विशेषज्ञ वा दफा ब्यक्ति सँग ब्यवस्थापन सम्बन्धि राय परामर्श लिने वा ब्यवस्थापन सम्झौता गर्ने ।
कम्पनीको काम कारोवार संचालनको निमित्त उपयोगि र आवश्यक देखिएमा दुई पक्षिय वा बहुपक्षिय सम्झौता गर्ने ।
कम्पनीको उद्देश्य पूर्तिका लागि कम्पनी ऐन २०२१ र अन्य प्रचलित नेपाल कानूनको अधिनमा रही अन्य काम कुराहरु गर्ने ।