काठमाडौं, भाद्र २९, २०८०- कोष ब्यवस्थापन कम्पनी लिमिटेडको मिति २०७९/०९/२३ मा सम्पन्न छैठौं बार्षिक साधारण सभाबाट निणर्य भए बमोजिम कंपनीको बाह्य लेखापरीक्षणको कार्य आगामी २०८० असोज मसान्त सम्ममा सम्पन्न गर्ने कार्यका लागि बाह्य लेखापरिक्षक सि.ए. श्री राज ढकालसँग आर्थिक बर्ष २०७९/८० को लेखापरिक्षण सम्पन्न गर्न अनुबन्धपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । अनुबन्धपत्रमा कंपनीको तर्फबाट संचालक समितिका अध्यक्ष श्री प्रताप सुवेदी र बाह्य लेखापरिक्षक सि.ए. श्री राज ढकालले हस्ताक्षर गर्नुभएको छ ।
उक्त कार्यक्रममा संचालकहरु क्रमशः श्री मिनराज पोखरेल, श्री शुशिल हुमागाईं, श्री सुर्य प्रकाश हाडा तथा श्री दिल बस्नेत, महाप्रबन्धक श्री उमेश राज रिजाल, कंपनी सचिब श्री ब्यास कुमार शर्मा एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।
साथै बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुनासाथ कम्पनीको बार्षिक साधारणसभा सम्पन्न गरिने अध्यक्ष श्री प्रताप सुवेदीले उक्त कार्यक्रममा जानकारी दिनुभयो ।